Lucky-Khabar_

बिरगंजको पिपरामा रास्वपाको निर्वाचन परिचालन कमिटी गठन, सयौं जेन्जी युवा पार्टी प्रवेश

बिरगंज ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले निर्वाचन परिचालन कमिटी गठन गरेको छ। आज बिरगंज -१४(पिपरा)मा घरदैलो कार्यक्रम अघि कृष्ण पटेलको नेतृत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो।

content ad p2

निर्वाचन परिचालन कमिटी गठनसँगै पिपरामा रास्वपाको संगठन थप सशक्त बनेको पार्टीले जनाएको छ। स्थानीयस्तरमा बढ्दो सक्रियता र जनसमर्थनले आगामी निर्वाचनमा रास्वपा बलियो बन्दै गएको संकेत देखिएको छ।

यसैबीच, आजै वीरगञ्ज महानगरपालिका–२३ अन्तर्गत सबैठ्वामा रोशन यादव र रवि यादवको नेतृत्वमा सयौं जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

नवप्रवेशी युवाहरूलाई पार्टीमा स्वागत गर्दै पर्सा जिल्ला सभापति तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले भाद्र २३ र २४ मा भएको जेन्जी विद्रोहकै कारण मुलुक परिवर्तनको संघारमा पुगेको बताए। उनले अबको परिवर्तनको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले नै गर्ने दाबी गरे।

पन्तले जेन्जी युवाहरूको निरन्तर पार्टी प्रवेशले पर्सा जिल्लामा रास्वपाको जित सुनिश्चित हुँदै गएको समेत उल्लेख गरे।

कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, क्षेत्रीय सभापति राम आर्य लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर