Lucky-Khabar_

रौतहटमा मोटरसाइकल रोकेर गहना लुटपाट प्रयास आरोपमा दुई पक्राउ

१९ फागुन, वीरगञ्ज । रौतहटमा मोटरसाइकल रोकेर गहना लुट्ने प्रयास गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।

content ad p2

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गढीमाई नगरपालिका–९ चिल्मिलियाका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनीलाई नियन्त्रणमा लिइएको हो। घटनामा संलग्न भनिएका तीन जनामध्ये एक जना भने फरार रहेका छन्।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपालको निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुरअन्तर्गतको स्ट्राइकिङ टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपीहरूले रौतहटकै राजदेवी नगरपालिका–८ निवासी धमेन्द्र राय यादव र उनकी श्रीमती चञ्चला यादव सवार मोटरसाइकल रोकी चञ्चलाले लगाएको गहना लुट्ने प्रयास गरेका थिए। घटनालगत्तै खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर