Lucky-Khabar_

प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, सहकार्यको प्रस्ताव

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहको शपथ ग्रहणप्रति खुशी व्यक्त गरेका हुन्। उनले शाहको नियुक्तिले नेपाली जनताको विश्वास र अपेक्षालाई प्रतिबिम्बित गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

content ad p2

सन्देशमा उनले भारत–नेपालबीचको पुरानो मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने आशा व्यक्त गर्दै द्विपक्षीय सहकार्यलाई थप उचाइमा पुर्‍याउन नजिकबाट सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन्।

भारत–नेपाल सम्बन्धलाई क्षेत्रीय स्थिरता र विकासका दृष्टिले महत्वपूर्ण मानिँदै आएको सन्दर्भमा नयाँ नेतृत्वसँगै दुई देशबीचको सहकार्य अझ सक्रिय हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर