काठमाडौँ । सर्लाही–४ बाट निर्वाचित नेता अमरेश कुमार सिंह ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी अस्वीकार गरेका छन्।

गगन कुमार थापा लाई उक्त क्षेत्रमा पराजित गर्दै निर्वाचित भएका सिंहले मन्त्री पद नलिने निर्णय गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् सूचीबाट उनको नाम हटाइएको हो।
सिंहले जिम्मेवारी लिन अस्वीकार गरेसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री शाहले नै आफ्नै कार्यक्षेत्रमा राख्ने निर्णय गरेका छन्।


