Lucky-Khabar_

पाकिस्तानी प्रधानमन्त्रीद्वारा बालेनलाई बधाईका साथै सहकार्यमा जोड

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले नेपालका प्रधानमन्त्री बालेनलाई बधाई दिएका छन्।

content ad p2

सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत सन्देश जारी गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उल्लेखनीय जितपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकोमा शाहलाई शुभकामना व्यक्त गरेका हुन्।

सन्देशमा सरिफले नेपालसँग पाकिस्तानको दीर्घकालीन तथा मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउन आफू नवनियुक्त प्रधानमन्त्रीसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्।

त्यसैगरी, उनले क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका साझा लक्ष्य हासिल गर्न दुवै देशबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर