Lucky-Khabar_

वीरगञ्ज भन्सार नाकामा कडाइ: भारतीय इभी मोटरसाइकल धमाधम नियन्त्रणमा

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले जाँच प्रक्रिया कडा बनाउँदै भारतीय नम्बर प्लेट नभएका इभी (इलेक्ट्रिक) मोटरसाइकलहरू नियन्त्रणमा लिन थालेको छ। पछिल्लो कारबाहीमा करिब २२ वटा यस्ता मोटरसाइकल पक्राउ परेका छन्।

content ad p2

भन्सार कार्यालयमा खटिएको सशस्त्र प्रहरी बल नेपालका डिएसपी बिकाश अधिकारीका अनुसार आवश्यक कागजात तथा भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका सवारी साधनहरूलाई नियन्त्रणमा लिइएको हो।

भन्सार स्रोतका अनुसार अवैध रूपमा प्रयोग भइरहेका भारतीय इभी मोटरसाइकलबारे सूचना प्राप्त भएपछि निगरानी र जाँचलाई थप कडाइ गरिएको हो। वीरगञ्जका विभिन्न साना नाकाबाट समेत यस्ता सवारी साधन पक्राउ पर्ने क्रम जारी रहेको जनाइएको छ।

पछिल्लो समय सस्तो र सजिलै उपलब्ध हुने कारण केही व्यक्तिहरूले भारतीय इभी मोटरसाइकल अवैध रूपमा नेपाल भित्र्याएर प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको अनुमान गरिएको छ।

भन्सार तथा सुरक्षा निकायले आवश्यक कागजातबिना सञ्चालन गरिएका सवारी साधनमाथि निरन्तर कारबाही जारी रहने स्पष्ट पारेका छन्। साथै, अवैध गतिविधि नियन्त्रण गर्न थप अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।

सम्बन्धित खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर

पर्सामा हिन्दूवादी सङ्गठनहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए

लक्की खबर