Lucky-Khabar_

विद्युतीय सवारी वीरगञ्ज नाकाबाट आयात दोब्बर वृद्धि

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विद्युतीय सवारीसाधनको आयात उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा करिब दुई अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी नेपाल भित्रिएका छन्।

content ad p2

वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँ बराबरका सवारी आयात भएका थिए भने यस वर्ष त्यो रकम झण्डै एक अर्ब ५० करोड रुपैयाँले बढेको देखिन्छ।

भन्सारका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु वर्षमा विशेषगरी विद्युतीय जिप, कार र भ्यानको आयात तीव्र रूपमा वृद्धि भएको छ। नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँ बराबरका ४९३ वटा यस्ता सवारी आयात भएका छन्, जबकि गत वर्ष सोही अवधिमा ४८ करोड रुपैयाँका १७२ वटा मात्रै आयात भएका थिए।

त्यसैगरी विद्युतीय मोटरसाइकलको आयात पनि उल्लेख्य रूपमा बढेको छ। यस वर्ष ९६ करोड रुपैयाँ बराबरका सात हजार ३९८ वटा मोटरसाइकल आयात भएका छन्, जुन अघिल्लो वर्षको चार हजार २२७ वटा (५५ करोड रुपैयाँ) को तुलनामा धेरै हो।

विद्युतीय तीनपाङ्ग्रे सवारीसाधनतर्फ पनि वृद्धि देखिएको छ। चालु आर्थिक वर्षमा ५३ करोड रुपैयाँका चार हजार ६०६ वटा तीनपाङ्ग्रे सवारी आयात भएका छन् भने गत वर्ष सोही अवधिमा ४५ करोड रुपैयाँका तीन हजार ६१३ वटा मात्रै आयात भएका थिए।

इन्धनको बढ्दो मूल्य, वातावरणमैत्री प्रविधिप्रतिको आकर्षण र विद्युतीय सवारीप्रतिको बढ्दो रुचिका कारण आयातमा यस्तो वृद्धि भएको सरोकारवालाहरूको भनाइ छ।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर