Lucky-Khabar_

सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त पौडेलको नियुक्त

काठमाडौं । नेपाली सुरक्षा निकायको महत्वपूर्ण अंग सशस्त्र प्रहरी बल नेपाल ले नयाँ नेतृत्व पाएको छ।

content ad p2

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई सशस्त्र प्रहरीको १३औँ महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको हो।

हालका आईजीपी राजु अर्याल ले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि सरकारले वरिष्ठता र कार्यक्षमताका आधारमा पौडेललाई उक्त जिम्मेवारी दिएको हो। उनी हाल सशस्त्र प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग प्रमुखका रूपमा कार्यरत छन् र १८ वैशाखदेखि औपचारिक रूपमा संगठनको नेतृत्व सम्हाल्नेछन्।

करिब २७ वर्षदेखि सुरक्षा सेवामा सक्रिय पौडेलले वि.सं. २०५४ सालमा नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरेका थिए। सशस्त्र प्रहरी बल गठन भएपछि उनी सोही संगठनमा स्थानान्तरण भएका हुन्। आफ्नो सेवा अवधिमा उनले विभिन्न महत्वपूर्ण विभाग तथा कमान्ड सम्हालिसकेका छन्। २०७९ जेठमा उनी एआईजी पदमा बढुवा भएका थिए।

आईजीपी पदका लागि एआईजी वंशी दाहाल र गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा रहे पनि वरिष्ठता र अनुभवका आधारमा पौडेल अग्रस्थानमा देखिएका थिए।

नवनियुक्त आईजीपी पौडेलको कार्यकाल झण्डै दुई वर्ष रहनेछ। सशस्त्र प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधिका कारण उनी १८ चैत २०८४ सम्म पदमा रहनेछन्।

सीमा सुरक्षा, शान्ति व्यवस्था र विपद् व्यवस्थापन जस्ता संवेदनशील जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बललाई अझ सुदृढ र व्यावसायिक बनाउने जिम्मेवारी अब पौडेलको काँधमा आएको छ। संगठनभित्र उनलाई एक कुशल र व्यावसायिक अधिकृतका रूपमा हेरिँदै आएको छ र उनको नियुक्तिलाई सकारात्मक रूपमा लिइएको छ।

सम्बन्धित खबर

मार्सीभात खुवाएर पनी ऋण मिनाहा भएन: दुर्गा प्रसाईं

लक्की खबर

बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा उम्मेदवार बन्न नपाउने

लक्की खबर

भारतीय गाडी नियन्त्रण प्रकरणमा कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

लक्की खबर