Lucky-Khabar_

मापदण्ड मिच्ने विदेशी कलेजमाथि सरकारको कडा आँखा: नियमनका लागि नयाँ नियमावली ल्याइँ

काठमाडौँ ।
नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेज तथा शिक्षण संस्थाहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न सरकारले कानुनी कडाइ गर्ने तयारी थालेको छ । विगत लामो समयदेखि पर्याप्त अनुगमन र नियमनको अभावमा कतिपय यस्ता कलेजहरूले न्यूनतम मापदण्ड समेत पूरा नगरेको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कडा निगरानीको तयारी अघि बढाएको हो ।

content ad p2

मन्त्रालय स्रोतका अनुसार विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूको बेथिति रोक्न, गुणस्तर सुनिश्चित गर्न र पारदर्शी बनाउन नयाँ नियमावली ल्याउन लागिएको छ । शिक्षा मन्त्रालयले नियमावलीको आवश्यक मस्यौदा तयार गरी राय तथा स्वीकृतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाइसकेको छ । त्यहाँबाट सहमति आउनासाथ यसलाई मन्त्रिपरिषद्मा पेस गरिने मन्त्रालयले जनाएको छ ।

हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले एक कार्यक्रममा बोल्दै स्वदेशी विश्वविद्यालय र कलेजहरू कडा नियमनमा रहे पनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू व्यवस्थित रूपमा नियमन हुन नसकेको स्वीकार गर्नुभएको छ । “विदेशी विश्वविद्यालयसँग सम्बन्धित कलेजहरूबारे धेरै गुनासो आएको छ, कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने र नियमनको ढाँचा कस्तो हुने भन्ने विषय अब नयाँ नियमावलीमार्फत स्पष्ट गरिनेछ,” मन्त्रीले भन्नुभयो ।

यसअघि मन्त्रालयद्वारा गठित विज्ञ समितिहरूको प्रतिवेदनले पनि नेपालमा सञ्चालित कतिपय विदेशी कलेजहरूको भौतिक पूर्वाधार, फ्याकल्टी र शैक्षिक गुणस्तर सन्तोषजनक नरहेको र कतिपयले नवीकरण समेत नगरी नियमविपरीत विद्यार्थी भर्ना गरिरहेको औँल्याएका थिए । संसद्को चालु अधिवेशनबाट तत्काल नयाँ शिक्षा ऐन आउन समय लाग्ने भएपछि सरकारले नियमावलीमार्फत नै तत्काल सुधार प्रक्रिया थालेको हो ।

यो नियमावली लागू भएपछि मापदण्ड नपुर्‍याई व्यापारिक स्वार्थका लागि मात्रै खोलिएका कलेजहरूमाथि कडा कारबाही हुने, कोटा र छात्रवृत्ति प्रणाली पारदर्शी हुने र नेपाली विद्यार्थीहरूको भविष्य सुरक्षित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, न्यूनतम मासिक पारिश्रमिक ४० हजार

लक्की खबर

वीरगञ्ज–१६ मा महिला हिंसा विरुद्ध दोस्रो दिन पनि जनचेतनामूलक कार्यक्रम

लक्की खबर

बिरगंज महानगरपालिका–१६ मा महिला विरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु

लक्की खबर