Lucky-Khabar_

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं | सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने अभियानलाई निरन्तरता दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ले समस्याग्रस्त तुलसी सहकारीका १५८ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएको जानकारी दिएकी छन्।

content ad p2

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रावलले सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम कानुनी प्रक्रियाअनुसार बचतकर्तालाई चरणबद्ध रूपमा फिर्ता गरिरहेको बताइन्। उनका अनुसार यही प्रक्रियाअन्तर्गत तुलसी सहकारीका १५८ जना बचतकर्तालाई बचत रकम वितरण गरिएको हो।

मन्त्री रावलले समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनको कामलाई अझ प्रभावकारी बनाउँदै सम्बन्धित निकायमार्फत बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइने स्पष्ट पारेकी छन्। सरकारले कानुनी व्यवस्थाअनुसार सबै योग्य बचतकर्तालाई क्रमशः रकम फिर्ता गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर