Lucky-Khabar_

महामन्त्रीमा पराजित भएपछि मनिष झा: परिणाम स्वीकार्छु, गुटबन्दी अन्त्यकै लागि उम्मेदवारी दिएको थिएँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा पराजित भएका मनिष झा ले निर्वाचनको परिणाम स्वीकार गर्दै नवनिर्वाचित महामन्त्री विपिन आचार्य लाई बधाई दिएका छन्।

content ad p2

महाधिवेशनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाले आफ्नो उम्मेदवारी पार्टीभित्रको अस्वस्थ गुटबन्दी र टिके प्रथाको अन्त्यका लागि भएको प्रयास भएको बताएका छन्।उनले निर्वाचनलाई लोकतन्त्रको सुन्दर प्रक्रिया भन्दै नेतृत्वले चुनावी पद्धति अपनाएकोमा आभार व्यक्त गरेका छन्।

‘रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको यो एउटा प्रयास थियो। नेतृत्वले निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनुभयो, यसका लागि म आभारी छु,’ उनले उल्लेख गरेका छन्।

झाले महामन्त्रीमा निर्वाचित आफ्ना मित्र विपिन आचार्यलाई बधाई दिँदै आफ्नो अनुभव र क्षमताले भ्याएसम्म पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनका अनुसार चुनावी प्रतिस्पर्धा व्यक्तिगत हार–जितभन्दा पनि पार्टीभित्र लोकतान्त्रिक पद्धति सुदृढ गर्ने अभ्यास हो।

अब आफू पार्टीको केन्द्रीय सदस्य र सांसदको भूमिकामा सक्रिय रहने जानकारी दिँदै सबैलाई धन्यवादसमेत व्यक्त उनले गरेका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर