Lucky-Khabar_

सुनसरीमा बेवारिसे अवस्थामा ६२ केजी गाँजा बरामद

इनरुवा|सुनसरी प्रहरीले ६२ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन मेजर टोल क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको ठूलो परिमाणको गाँजा फेला परेको हो।

content ad p2

असार १० गते साँझ करिब ७ बजे प्रहरी चौकी मधुवनबाट खटिएको गस्ती टोलीले भित्री सडक खण्डमा शंकास्पद अवस्थामा राखिएका हरियो प्लास्टिकले बेरिएका दुई वटा पोका फेला पारेको थियो। ती पोका खोली जाँच गर्दा लागूऔषध गाँजा रहेको भेटिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजाको तौल गर्दा जम्मा ६२ किलोग्राम रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। गाँजा कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।प्रहरीले लागूऔषध नियन्त्रण तथा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइएको जनाएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर