Lucky-Khabar_

प्रतिगमन रोक्न लोकतान्त्रिक र वामपन्थीबीच कार्यगत एकता आवश्यक : ओली

काठमाडौं| नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक तथा वामपन्थी शक्तिलाई कमजोर र बदनाम बनाउने प्रयास निरन्तर भइरहेको भन्दै प्रतिगमनलाई पराजित गर्न सबै लोकतान्त्रिक र वामपन्थी शक्तिबीच कार्यगत एकता आवश्यक रहेको बताएका छन्।

content ad p2

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न साझा प्रयास अपरिहार्य भएको बताए।

उनले पञ्चायती व्यवस्थाको अन्त्यका लागि विगतमा वामपन्थी शक्तिहरू र नेपाली कांग्रेसबीच सहकार्य भएको स्मरण गराउँदै वर्तमान अवस्थामा पनि प्रतिगामी प्रवृत्तिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे।

उनले भने,“अहिले प्रतिगमनको चुनौती सामना गर्नुपरेको छ। यस्तो अवस्थामा सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरू कार्यगत एकतामार्फत अघि बढ्नुपर्छ |”

अध्यक्ष ओलीले विश्वभर हिंसात्मक गतिविधि, अतिवादी प्रवृत्ति र लोकप्रियतावादको नाममा लोकतान्त्रिक व्यवस्थामाथि चुनौती सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने यस्ता गतिविधिप्रति सतर्क रहन पनि आग्रह गरे।

उनले लोकतान्त्रिक मूल्य, राजनीतिक स्थायित्व र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सबै जिम्मेवार राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर