Lucky-Khabar_

साउदीको जेलमा रहेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

काठमाडौं | साउदी अरब सरकारले मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा त्यहाँका विभिन्न जेलमा सजाय भोगिरहेका ३३ जना नेपाली नागरिकलाई आममाफी दिने निर्णय गरेको छ।

रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले उक्त मानवीय निर्णय गरेको हो। नेपाल सरकारका अनुसार आममाफीको निर्णयले नेपाल–साउदी अरबबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, आपसी सद्भाव र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाएको छ।

content ad p2

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै साउदी सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयले यो निर्णयलाई दुई देशबीचको घनिष्ठ सम्बन्धको सकारात्मक उदाहरणका रूपमा उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार आममाफी पाएका ३३ जना नेपालीले साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि छिट्टै नेपाल फर्कनेछन्।

सम्बन्धित खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

क्यानेडियन वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएको भन्दै ट्रम्पविरुद्ध मुद्दा दायर

लक्की खबर