Lucky-Khabar_

चट्याङ लागेर बारामा १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

वीरगञ्ज |बारामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

content ad p2

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुकी महागढीमाई नगरपालिका–९ पिपरा बिर्तामा खेतबाट घर फर्किने क्रममा चट्याङ लाग्दा स्थानीय १२ वर्षीया सञ्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा परेर ३० वर्षीया सरिता देवी दास घाइते भएकी थिइन्। उनको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्किएको प्रहरीले जनाएको छ।

वर्षायामसँगै चट्याङको जोखिम बढ्ने भएकाले खुला स्थान, खेतबारी तथा अग्ला रुखमुनि बस्ने वा आवतजावत नगर्न जिल्ला प्रहरी कार्यालय बाराले सर्वसाधारणलाई आग्रह गरेको छ। साथै मौसम प्रतिकूल हुँदा सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर