Lucky-Khabar_

वीरगञ्जमा सुधीर पटेलको पक्षमा युवा भेला सम्पन्न , स्थानीय निर्वाचन लक्षित अभियान तीव्र

बिवेक पटेल
वीरगञ्ज । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको पक्षमा युवा भेला कार्य सप्पन्न भएको छ।

content ad p2

कार्यक्रम रन्दीप श्रीवास्तवको अध्यक्षतामा आदर्शनगरस्थित त्रिशला होटलमा आयोजित भएको हएको छ।वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट करिब २२० जना युवा अगुवा तथा प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

भेलामा सहभागी वक्ताहरूले जेन–जि आन्दोलनको मर्म, सिद्धान्त र उद्देश्यलाई आत्मसात् गर्दै आगामी स्थानीय निर्वाचनमा सुधीर पटेललाई मेयर पदमा विजयी गराउन युवाहरू एकजुट भएर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

जेन–जि पर्साका मुख्य सल्लाहकार बिरेन्द्र कण्ठले परिवर्तनका लागि युवाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै सुधीर पटेलको पक्षमा जनस्तरमा व्यापक अभियान सञ्चालन गर्न आग्रह गरे।

विभिन्न वडाका प्रतिनिधिहरूले यसपटक वीरगञ्जमा नयाँ नेतृत्वको आवश्यकता रहेको धारणा राख्दै अवसरवादी राजनीति तथा व्यक्तिगत स्वार्थका लागि मात्रै चुनावमा होमिने प्रवृत्तिको विरोध गरे। उनीहरूले त्यस्ता प्रवृत्तिविरुद्ध राजनीतिक र सामाजिक रूपमा सचेत रहनुपर्ने बताए।

वक्ताहरूले विगतमा ठेकेदार तथा व्यापारी वर्गको प्रभावमा नेतृत्व चयन हुने क्रम दोहोरिएको दाबी गर्दै यसपटक वीरगञ्जवासीले परिवर्तनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका उद्घोषक महादेव प्रसाद कुर्मीले जेन–जि आन्दोलनपछि देशमा परिवर्तनको वातावरण बनेको उल्लेख गर्दै स्थानीय तह निर्वाचनमार्फत पनि परिवर्तनको लहर सिर्जना गर्नुपर्ने र वीरगञ्जलाई ठेकेदार तथा व्यापारी केन्द्रित राजनीतिक प्रभावबाट मुक्त गराउन सबै नगरवासीलाई आह्वान गरे।

भेलामा राम आर्य, महमुद अन्सारी, नितेश योगी, मुकेश राउत कुर्मी, सुरेश गुप्ता, सागिर अन्सारी (कावरवाला), अमर सराफ, अमित पटेल, विक्की सराफ र एम.डी. ओसामालगायतले मन्तव्य राख्दै सुधीर पटेललाई मेयर पदमा विजयी गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको समापन अध्यक्ष रन्दीप श्रीवास्तवले गरेका थिए।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर