Lucky-Khabar_

वीरगञ्जमा निर्माणाधीन घरको पर्खाल भत्किँदा मजदुरको मृत्यु

वीरगञ्ज | वीरगञ्ज महानगरपालिका–१६ दुर्गा हल नजिक निर्माणाधीन घरमा आइतबार भएको दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ।

content ad p2

घरको सेन्टरिङ (शटरिङ) खोल्ने क्रममा अचानक पर्खाल भत्किँदा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–कल्याणपुर निवासी ३० वर्षीय सुवास पटेल गम्भीर घाइते भएका थिए।

घटनापछि स्थानीय र प्रहरीको सहयोगमा उनलाई तत्काल उपचारका लागि भवानी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा सेन्टरिङ हटाउने क्रममा पर्खाल भत्किँदा दुर्घटना भएको अनुमान गरिएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर