Lucky-Khabar_

सेस्मी स्कुल वीरगञ्ज–३ मा शिक्षक क्षमता विकास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३ स्थित सेस्मी स्कुलमा शिक्षकको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले शिक्षक क्षमता विकास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

विद्यालयका मन्टेस्वरी कक्षादेखि कक्षा १० सम्म अध्यापन गराउने शिक्षक–शिक्षिकाको सहभागिता रहेको कार्यक्रममा विद्यालयकी प्रचारिका आसमा सिंह यादवको सभापतित्व रहेको थियो।

कार्यक्रममा शिक्षाविद् तथा प्रशिक्षक श्याम शाहले सहजीकरण गर्दै वर्तमान शिक्षा नीति, शिक्षण–सिकाइ प्रक्रियामा क्रियाकलापको प्रभावकारी समावेश, कक्षा कोठा व्यवस्थापन तथा शिक्षकको मनोबल अभिवृद्धि लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।

प्रशिक्षणको दोस्रो सत्रमा ‘समूहगत सहभागिता, समस्याको पहिचान र समाधान’ शीर्षकमा कार्यशाला सञ्चालन गरिएको थियो। सहभागी शिक्षक–शिक्षिकाले समूहगत छलफलमार्फत विद्यालयमा देखिने विभिन्न शैक्षिक तथा व्यवस्थापकीय चुनौतीहरूको पहिचान गर्दै समाधानका उपायबारे विचार आदानप्रदान गरेका थिए।

सहभागीहरूले यस्ता क्षमता विकास कार्यक्रमले शिक्षण कार्यलाई अझ प्रभावकारी, व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विद्यालय व्यवस्थापनप्रति आभार प्रकट गरेका थिए।

विद्यालयले आगामी दिनमा पनि शिक्षकको पेशागत विकास र गुणस्तरीय शिक्षण प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर