Lucky-Khabar_

अन्तरजातीय विवाह गर्ने २५ जोडीलाई नगदसहित सम्मान

काठमाडौँ । समाजमा विद्यमान जातीय विभेद र छुवाछूत अन्त्य गर्ने उद्देश्यसहित म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ।

content ad p2

लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा प्रत्येक जोडीलाई ३ हजार ५०० रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आधुनिक समाजमा पनि जातीय विभेद कायम रहनु दुःखद भएको उल्लेख गर्दै विभेदमुक्त समाज निर्माणका लागि सबैले साझा प्रयास गर्नुपर्ने बताए। उनका अनुसार सातवटै वडाबाट दलित समुदायसँग विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा जोडीसम्मलाई सम्मान गरेर सामाजिक रूपान्तरणको सकारात्मक सन्देश दिन खोजिएको हो।

कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यपालिका सदस्य प्रतिक्षा रसाइलीले अन्तरजातीय विवाह गरेका धेरै जोडीले अझै पनि परिवार र समाजबाट विभेद तथा सामाजिक दबाब भोगिरहेको उल्लेख गर्दै स्थानीय सरकारले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गर्दा उनीहरूमा आत्मविश्वास र राहतको अनुभूति भएको बताइन्।

गाउँपालिकाले यस्ता कार्यक्रमले सामाजिक सद्भाव, समानता र जातीय विभेदमुक्त समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर