Lucky-Khabar_

गणेश नेपाली मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सांसदहरूको माग :एमाले र कांग्रेसको कडा आक्रोश

काठमाडौं । ट्राफिक कारबाहीपछि आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणबारे प्रतिनिधिसभामा सांसदहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।

content ad p2

नेकपा (एमाले) की सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्युलाई सामान्य घटनाका रूपमा लिन नहुने बताउँदै सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरिन्। उनले ट्राफिक प्रहरीले लिने जरिवाना र कारबाहीको वर्तमान प्रक्रिया नागरिकमैत्री छ वा छैन भन्ने विषयमा पनि सरकारलाई पुनरावलोकन गर्न आग्रह गरिन्।

यस्तै, नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनाप्रति सरकार मूकदर्शक बनेको आरोप लगाउँदै प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाइन्। उनले आगो लगाएको अवस्थामा पीडितको तत्काल उद्धार गर्नुको सट्टा प्रहरीले गैरजिम्मेवार व्यवहार गरेको तथा समयमा एम्बुलेन्ससमेत उपलब्ध नगराएको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताइन्।

सांसद थापाले वर्तमान सरकार जनताको ज्यान जोगाउनभन्दा सामाजिक सञ्जालमा लोकप्रियता र ‘लाइक’ बढाउन केन्द्रित रहेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई लक्षित गरी “अब कालो चस्मा खोल्ने बेला आएको छ” भन्ने टिप्पणी गरिन्।

सुकुम्बासी बस्ती हटाउने घटनादेखि पछिल्ला आत्मदाह तथा आत्महत्याका घटनासम्म जोड्दै उनले राज्यको संवेदनशीलता, नागरिक सुरक्षा र सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएकी छन्। सांसदहरूले घटनाको निष्पक्ष छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर