वीरगञ्ज । नेपाल प्रेस युनियन पर्साको ११औँ जिल्ला अधिवेशन आगामी भदौ २७ गते हुने भएको छ। अधिवेशनको मिति शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले तय गरेको हो।

प्रेस युनियनको केन्द्रीय कार्यसमितिले भदौभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्न परिपत्र गरेपछि पर्सा शाखाले अधिवेशनको मिति निर्धारण गरेको अध्यक्ष विजय चौहानले जानकारी दिए।
चौहानको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान, कोषाध्यक्ष कपिलदेव यादव तथा सदस्यहरू राकेश चौरसिया, हुकुमसिंह राजपुत, सञ्जय गुप्तालगायतको सहभागिता थियो।
बैठकले भदौ २७ गते हुने अधिवेशनलाई व्यवस्थित, भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने निर्णयसमेत गरेको छ।


