Lucky-Khabar_

नेपाल प्रेस युनियन पर्साको ११औँ जिल्ला अधिवेशन भदौ २७ गते

वीरगञ्ज । नेपाल प्रेस युनियन पर्साको ११औँ जिल्ला अधिवेशन आगामी भदौ २७ गते हुने भएको छ। अधिवेशनको मिति शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले तय गरेको हो।

content ad p2

प्रेस युनियनको केन्द्रीय कार्यसमितिले भदौभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्न परिपत्र गरेपछि पर्सा शाखाले अधिवेशनको मिति निर्धारण गरेको अध्यक्ष विजय चौहानले जानकारी दिए।

चौहानको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान, कोषाध्यक्ष कपिलदेव यादव तथा सदस्यहरू राकेश चौरसिया, हुकुमसिंह राजपुत, सञ्जय गुप्तालगायतको सहभागिता थियो।

बैठकले भदौ २७ गते हुने अधिवेशनलाई व्यवस्थित, भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने निर्णयसमेत गरेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर