Lucky-Khabar_

अनुशासनविपरीत चल्नेलाई एमाले अध्यक्ष ओलीको कडा चेतावनी, चित्त नबुझे पार्टी छोडे हुन्छ

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी रूपान्तरणका नाममा अराजकता, गुटबन्दी र अनुशासनहीन गतिविधि गर्नेहरूलाई पार्टी छाड्न चेतावनी दिएका छन्।

content ad p2

इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीको नीति, विधि र विधानविपरीत गतिविधि गर्नेहरूलाई एमालेमा स्थान नहुने स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा पार्टी कार्यालयका क्यान्टिनमा बसेर विरोधका गतिविधि गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिए।

“पार्टीको विरोध गरेर, सामाजिक सञ्जालमा जे पायो त्यही लेखेर हिँड्न पाइँदैन। पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्छ,” ओलीले भने। उनले निर्देशन पालना नगर्नेहरूलाई विधि र विधानअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिए।

ओलीले पछिल्लो निर्वाचनमा पार्टीले प्राप्त गरेको मतपरिणामप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। कुनै समय २८ लाख मत प्राप्त गरेको पार्टीको मत घटेर १४ लाखमा सीमित हुनु सामान्य विषय नभएको उनको भनाइ थियो।

 

पार्टीमा सदस्यको संख्या धेरै भए पनि मत कम आउने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै ओलीले नेता–कार्यकर्तालाई इमानदार र अनुशासित बनाउँदै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित खबर

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

लक्की खबर

भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख सहयोग गर्ने

लक्की खबर

भोटेकोशी बाढी प्रभावित १५ पालिकाका प्रमुखसँग रविको छलफल, उद्धार र राहतमा जोड

लक्की खबर