Lucky-Khabar_

भदौमा पाँच वाणिज्य बैंकले घटाए मुद्दती निक्षेपको ब्याजदर

वीरगञ्ज । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। भदौ १ गतेदेखि लागू हुने गरी पाँचवटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्।

content ad p2

बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.०४ प्रतिशत बिन्दुले घटेर भदौमा ४.१३ प्रतिशतमा झरेको छ। साउनमा यस्तो औसत ब्याजदर ४.१७ प्रतिशत थियो।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.०४ प्रतिशत बिन्दुले घटेर ३.०८ प्रतिशतमा कायम भएको छ। साउनमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.१२ प्रतिशत थियो।

पाँच बैंकले घटाए ब्याजदर
भदौका लागि नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

ब्याजदर घटाउने बैंक पाँचवटा रहे पनि १५ वटा वाणिज्य बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर यथावत् राख्ने बैंकमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक छन्।

मुद्दती निक्षेपको ब्याजदर घटेसँगै निक्षेपकर्ताले पाउने प्रतिफलमा समेत कमी आएको छ। अर्कोतर्फ, बैंकहरूको निक्षेप लागत घट्दै जाँदा आगामी दिनमा कर्जाको ब्याजदरमा समेत यसको प्रभाव पर्न सक्ने देखिएको छ।

सम्बन्धित खबर

रसुवा बाढीमा उद्धार कार्य तीव्र: हजारौँको उद्धार, रातदिन खटियो नेपाली सेना

लक्की खबर

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो

लक्की खबर

रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव भेटियो

लक्की खबर