१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा जिल्लाका नेपाल प्रहरीका तीन वटा कार्यालयमा ठूलो भौतिक क्षति पुगेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीका कारण सीमावर्ती क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा क्षति पुगेको हो।
बाढीले कार्यालय भवन तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले बाढीबाट भएको भौतिक क्षति तथा ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको अवस्थाबारे विस्तृत विवरण सङ्कलन भइरहेको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


