Lucky-Khabar_

मङ्सिरमा मात्रै भरतकी बेहुली बनेकी पूजा, दाइजोका कारण एक वर्ष पनि जिउन पाइनन्

धनगढी । धनगढीकी २३ वर्षीया पूजा धानुकको मृत्यु प्रकरणमा जिल्ला अदालत कैलालीले उनका श्रीमान् भरत धामी र नन्द भावना धामीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

content ad p2

कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथलाकी पूजा र धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलका ३१ वर्षीय भरत धामीबीच गत मङ्सिरमा विवाह भएको थियो। विवाह भएको एक वर्ष पनि नपुग्दै पूजाको मृत्यु भएको हो।

गत साउन ११ गते पूजा आफ्नै घरमा सिलिङ पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

पूजाको माइती पक्षले भने उनको मृत्यु आत्महत्या नभई दाइजोका कारण दिइएको यातनासँग जोडिएको दाबी गर्दै आएको छ। माइती पक्षका अनुसार विवाहपछि भरतको परिवारले दाइजोको विषयलाई लिएर पूजालाई मानसिक तथा शारीरिक यातना दिने गरेको थियो।

पूजाको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो। सोही घटनाको अनुसन्धानपछि प्रहरीले उनका श्रीमान् भरत र नन्द भावना धामीलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।

जिल्ला अदालत कैलालीले प्रारम्भिक सुनुवाइपछि दुवैलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

पूजाको विवाह भएको केही महिनामै ज्यान गएको घटनाले दाइजो प्रथा र त्यसका कारण महिलामाथि हुने घरेलु हिंसाको विषयलाई पुनः चर्चामा ल्याएको छ। माइती पक्षले पूजाको मृत्युको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर