Lucky-Khabar_

रसुवाको बाढीपछि ६ जिल्लाका नदी किनारबाट टाढा रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई तल्लोतटीय क्षेत्रका नदी किनारबाट टाढा रहन आग्रह गरेको छ।

content ad p2

दूतावासले सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा रहेका अमेरिकी नागरिकलाई सम्भावित जोखिमबाट जोगिन अग्लो भूभागतर्फ जान आग्रह गरेको हो। साथै, नदी किनार तथा बाढी प्रभावित क्षेत्रबाट टाढा रहन र स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न दूतावासले अनुरोध गरेको छ।

नेपाल सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा आवागमन रोक लगाएको स्मरण गराउँदै दूतावासले अमेरिकी नागरिकलाई बाढी प्रभावित रसुवालगायतका क्षेत्रमा यात्रा नगर्नसमेत आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई आफू सुरक्षित रहेको जानकारी परिवार, होटल, गाइड, ट्रेकिङ वा टुर कम्पनीलाई यथाशीघ्र गराउन दूतावासले भनेको छ। टेलिफोन सम्पर्क सम्भव नभए इमेल वा मेसेजमार्फत आफ्नो अवस्थाबारे जानकारी गराउन पनि आग्रह गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको दूतावासले जनाएको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई दूतावासको इमेलमार्फत आफ्नो अवस्थाबारे जानकारी गराउनसमेत अनुरोध गरिएको छ।

त्यस्तै, अत्यावश्यक सहयोग आवश्यक परेका अमेरिकी नागरिकलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। बाढीको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनलाई प्राथमिकताका साथ पालना गर्न दूतावासले अपिल गरेको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर