Lucky-Khabar_

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशका सात जिल्लासहित प्रदेश अधिवेशनको तयारी अघि बढाएको छ । पार्टीको पहिलो महाधिवेशन सम्पन्न भए पनि मधेश प्रदेशका जिल्ला तथा प्रदेश अधिवेशन हुन बाँकी रहेकाले त्यसका लागि तयारी तीव्र पारिएको हो ।

content ad p2

मंगलबार रास्वपाका नेताहरूले पार्टी मुख्यालय चमतीमा भेला भएर मधेश प्रदेशका सात जिल्लाको अधिवेशनको मिति तय गर्ने तथा पार्टी सभापति रवि लामिछानेको मधेश भ्रमणको तालिका बनाउने विषयमा छलफल गरेका छन् ।

बैठकमा मधेश प्रदेशका जिल्लाहरूमा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका, संगठन विस्तार तथा अधिवेशनको तयारीबारे छलफल भएको बताइएको छ । साथै सभापति लामिछानेले मधेशका विभिन्न जिल्लामा गर्ने भ्रमणलाई जिल्ला अधिवेशनसँग समन्वय गर्ने गरी कार्यक्रम बनाउने तयारी गरिएको छ ।

मधेशमा पार्टी संगठनलाई थप सक्रिय बनाउने, स्थानीय तहसम्म संगठन विस्तार गर्ने तथा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने रास्वपाको तयारी छ ।पार्टीले सातै जिल्लाको अधिवेशन सम्पन्न गरेपछि मधेश प्रदेश अधिवेशन आयोजना गर्ने तयारी गरेको छ । त्यसका लागि जिल्ला अधिवेशनको मिति र प्रदेश अधिवेशनको सम्भावित कार्यतालिकालाई एकीकृत रूपमा अघि बढाउने तयारी भइरहेको छ ।

मधेश प्रदेश रास्वपाका लागि राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्र भएकाले सभापति लामिछानेको भ्रमणलाई समेत संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनसँग जोडेर अघि बढाउने रणनीति पार्टीले बनाएको छ ।रास्वपाले यसअघि महाधिवेशन सम्पन्न गरिसकेको भए पनि मधेश प्रदेशका जिल्ला तथा प्रदेश अधिवेशन बाँकी रहेकाले अब ती अधिवेशनलाई प्राथमिकताका साथ सम्पन्न गर्ने तयारी थालेको हो ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर