Lucky-Khabar_

रसुवा बाढी : मधेसका ३० जना सम्पर्कविहीन, पर्साका मात्रै १६ जना

वीरगञ्ज । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका ३० जना नागरिक सम्पर्कविहीन भएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले बिहीबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार रसुवाका विभिन्न स्थानमा काम तथा बसोबास गर्दै आएका उनीहरू बाढीपछि सम्पर्कमा आएका छैनन्।

content ad p2

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै पर्साका १६ जना छन्। त्यस्तै सर्लाहीका ६, बाराका ३, रौतहटका २ र सप्तरीका २ जना रहेका छन्।

पर्साबाट नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दंगोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, समिम देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बस्तोला, घनश्याम बस्तोला, दिनेश परियार र पृथ्वी चौधरीसहित १६ जना सम्पर्कविहीन छन्।बाराका नारायण सिंह, सत्यप्रकाश राम र अन्कित पटेल तथा रौतहटका गौरव राउत र शेख मजिद पनि सम्पर्कविहीनको सूचीमा छन्।

त्यसैगरी सर्लाहीका माधव काफ्ले, अनुज काफ्ले, कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा र सुनिल कुशवाहा तथा सप्तरीका अजयकुमार यादव र साजन चौधरीको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।यसअघि सम्पर्कविहीन सूचीमा रहेका सर्लाहीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान भने उद्धारपछि परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्।

प्रहरीले बाँकी सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको जनाएको छ। साथै परिवार तथा आफन्तजनलाई अनावश्यक त्रास र भ्रममा नपर्न आग्रह गर्दै आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरिएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर