Lucky-Khabar_

महाविपत्ति पछि उद्धार तीव्र: बाढी प्रभावित क्षेत्रमा १६५ शव फेला, ८२६ जना अझै सम्पर्कविहीन

काठमाडौँ — तिब्बततर्फको माथिल्लो जलाधार क्षेत्रबाट फुटेर भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयङ्कारी बाढीका कारण नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NEOC) को पछिल्लो तथ्याङ्क अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८२६ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

content ad p2

फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ५ र रसुवामा २ रहेका छन्। चितवन र आसपासका नदी किनारबाट भेटिएका अधिकांश शवको सनाखत हुन बाँकी रहेको छ।

सम्पर्कविहीन रहेका ८२६ जनामध्ये ४६६ जना विदेशी पर्यटक र ११३ जना गैरआवासीय नेपाली (NRN) गरी ५७९ जना पर्यटक रहेका छन्। यसबाहेक ड्युटीमा खटिएका नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरीका १३ जना गरी सुरक्षाकर्मीहरू समेत बाढीमा परेका छन्।

बाढीले ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर पक्की सडक बगाएर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

उद्धार र राहतको टोली परिचालन

विपद् क्षेत्रमा खोज तथा उद्धारका लागि ७ हजार ४ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्। नेपाली सेना र निजी क्षेत्रका १५ वटा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी राखिएको छ।

सडक सञ्जाल विच्छेद भएका कारण टिमुरे, स्याफ्रुबेँसी र बेत्रावती लगायतका जोखिमयुक्त स्थानबाट सयौँ मानिसलाई हवाई तथा पैदल मार्गबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सरकारले बाढी प्रभावित स्थानीय तहहरूलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै शीघ्र relief तथा पुनर्निर्माणका कार्य अघि बढाएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर