Lucky-Khabar_

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२९ मुसैली गाउँमा तीन दिनको अवधिमा दुई बालबालिकाको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनीहरूकी सौतेनी आमा रोशनी मिश्रा चौबेलाई नियन्त्रणमा लिएको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनाबारे सोधपुछ तथा अनुसन्धानका लागि रोशनीलाई नियन्त्रणमा लिइएको हो। बालबालिकाको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुसैलीका ९ वर्षीय आदर्श चौबेको आइतबार र उनकी बहिनी अनुष्का चौबेको मंगलबार शंकास्पद अवस्थामा मृत्यु भएको हो। अनुष्काको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

मृतक बालबालिकाका मामा प्रिन्सकुमार त्रिपाठीले आदर्शको मृत्युबारे परिवारका अन्य सदस्यलाई जानकारी नदिई अन्त्येष्टि गरिएको आरोप लगाएका छन्। अनुष्काको मृत्युको प्रकृति आदर्शको मृत्युसँग मिल्दोजुल्दो देखिएपछि परिवारले प्रहरीलाई खबर गरेको उनको भनाइ छ।

परिवारका अनुसार बालबालिकाकी आमाको करिब तीन वर्षअघि मृत्यु भएको थियो। त्यसपछि उनीहरूका बुबा तारकेश्वर चौबेले रोशनीसँग दोस्रो विवाह गरेका थिए।परिवारले सौतेनी आमाबाट बालबालिकामाथि दुर्व्यवहार तथा शोषण भएको आरोपसमेत लगाएको छ। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

घटनाका बेला बालबालिकाका बुबा भारतमा रहेको र हाल बिरामी अवस्थामा वीरगञ्ज हेल्थकेयर हस्पिटलमा प्रहरीको निगरानीमा उपचाररत रहेको प्रहरीले जनाएको छ।प्रहरीले दुवै बालबालिकाको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गर्दै घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर