Lucky-Khabar_

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपद्पछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने क्रम तीव्र भएको छ । पछिल्लो ३६ घण्टामै कोषमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

content ad p2

अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म दाताहरूले सरकारी खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका छन् । यो रकम थपिएसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको कुल रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार ६७० रुपैयाँ पुगेको छ ।

सरकारले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियानलाई तीव्रता दिएको हो । यस अभियानको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फबाट १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूबाट मन्त्रालयमै पुगेर सहयोग रकम स्वीकार गरिरहेका छन् ।

यसैक्रममा बिहीबार मात्रै निजी क्षेत्रका विभिन्न दाताहरूले अर्थ मन्त्रालय पुगेर कोषमा २७ करोड ३३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । उक्त रकम बिहीबार दिउँसोको करिब ६ घण्टाको अवधिमा संकलन भएको मन्त्रालयले जनाएको छ ।

विपद्को यस घडीमा सरकारी कोषमा निजी क्षेत्र तथा विभिन्न दाताहरूबाट ठूलो मात्रामा सहयोग जुट्न थालेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनर्निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर