Lucky-Khabar_

भोटेकोशी बाढी प्रभावित १५ पालिकाका प्रमुखसँग रविको छलफल, उद्धार र राहतमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित १५ स्थानीय तहका प्रमुखहरूसँग उद्धार, राहत तथा पुनःस्थापनाको अवस्थाबारे छलफल गरेका छन्।

content ad p2

आइतबार पार्टीले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहजीकरण गर्न गठन गरेको विशेष परिचालन संयन्त्रको बैठक बस्नुअघि लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित स्थानीय तहका प्रमुखहरूसँग भेटेर समस्याबारे जानकारी लिएका हुन्।

छलफलका क्रममा पालिका प्रमुखहरूले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, मृतकको शव व्यवस्थापनमा देखिएका समस्या, भत्किएका सडक तथा पुल, अवरुद्ध विद्युत् आपूर्ति र सञ्चार सम्पर्कमा देखिएको कठिनाइबारे लामिछानेलाई जानकारी गराएका थिए।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार स्थानीय तहका प्रमुखहरूले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्‍याउन आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेका थिए।

पालिका प्रमुखहरूले राखेका समस्याबारे जानकारी लिएपछि लामिछानेले सरकारी निकाय तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी उद्धार र राहतका कामलाई प्रभावकारी र तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्।उनले प्रभावित क्षेत्रमा परिचालन हुने पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तह र सरकारी संयन्त्रसँग नजिकबाट सहकार्य गर्दै आवश्यकताका आधारमा राहत तथा उद्धारमा सहयोग गर्न निर्देशन दिएका छन्।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा राहत तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक पनि आइतबार साँझ बस्ने भएको प्रवक्ता खरेलले जानकारी दिएका छन्।भोटेकोशी बाढीबाट ठूलो क्षति भएपछि सरकारले प्रभावित १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ। सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ।

सम्बन्धित खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

लक्की खबर