Lucky-Khabar_

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

बारा । ईभी गाडीको ठक्करबाट बाराको परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय भारतीय बालकको मृत्यु भएको छ।

content ad p2

बुधबार दिउँसो करिब १२ः३० बजे वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०९०१ नम्बरको ईभी गाडीले सडक पार गर्ने क्रममा भारतको मोतिहारी जिल्लाका महम्मद गुफानका ७ वर्षीय छोरा महम्मद ईशानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

गाडीको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका ईशानलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो २ः०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय परवानीपुरबाट प्रहरी नायब निरीक्षक बालराज गिरीको कमाण्डमा खटिएको टोलीले ईभी गाडी र चालक वीरगञ्ज महानगरपालिका–३२ निवासी २६ वर्षीय लक्षुमन पासवानलाई नियन्त्रणमा लिएको छ।

चालकलाई इलाका प्रहरी कार्यालय परवानीपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक बालकको शव मुचुल्का पश्चात् बुधबार साँझ ५ः१५ बजे पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

पर्सागढीका बेपत्ता ट्रक चालक नरेश राईको परिवारलाई सांसद कानुको भेट, खोजी तथा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता

लक्की खबर