Lucky-Khabar_

बाढीपहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब एक हजार मेगावाट उत्पादन अवरुद्ध

१२ असोज, काठमाडौं । लगातारको बाढी र पहिरोका कारण मुलुकको राष्ट्रिय विद्युत् प्रणालीमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।

content ad p2

सोमबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजनाका उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको जानकारी दिए।

उनका अनुसार हालैको वर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारण लाइनमा अवरोध उत्पन्न हुँदा त्यस क्षेत्रमा रहेका १३ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ३७० मेगावाट विद्युत् प्रभावित भएको छ।

मन्त्री श्रेष्ठले आन्तरिक विद्युत् उत्पादनमा आएको कमी र प्रसारण पूर्वाधारमा देखिएको समस्याका कारण विद्युत् प्रवाहमा कठिनाइ भइरहेको बताए। प्रणालीमा देखिएको ऊर्जा अभाव व्यवस्थापन गर्न आवश्यक विद्युत् भारतबाट आयात गरिएको उनको भनाइ छ।

उनले हेटौँडा–ढल्केवर प्रसारण लाइन चार्ज भएपछि पूर्व–पश्चिम विद्युत् आदानप्रदान सहज हुने र हाल देखिएको विद्युत् प्रणालीसम्बन्धी समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा व्यक्त गरे।बाढीपहिरोका कारण उत्पादन तथा प्रसारण संरचनामा पुगेको क्षतिको प्रभावले मुलुकको विद्युत् आपूर्ति प्रणालीमा समेत चुनौती थपिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर