Lucky-Khabar_

खाद्यान्न आयात स्वीकृतिका लागि ६१ हजार घुस दिएको आरोपमा नेचर इन्टरनेसनलका सञ्चालक सिंघानिया तानिए

काठमाडौँ । विदेशबाट खाद्यान्न आयातको स्वीकृति लिन घुस दिएको आरोपमा ‘नेचर इन्टरनेसनल’का सञ्चालक रोहित सिंघानिया भ्रष्टाचार मुद्दामा तानिएका छन्।

content ad p2

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानअनुसार सिंघानियाले आफ्नो फर्मबाट खाद्यान्न आयातको स्वीकृति सहज बनाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीलाई ६१ हजार रुपैयाँ घुस दिएको पाइएको हो।
अख्तियारको अनुसन्धानमा नेचर इन्टरनेसनलका सञ्चालक रोहित सिंघानिया र शिवमकुमार राउतले आयात स्वीकृति सहज रूपमा प्राप्त गर्ने उद्देश्यले अधिकारीलाई उक्त रकम दिएको उल्लेख छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार घुस लिने राष्ट्रसेवक कर्मचारीसँगै गैरकानुनी काम गराउने वा अनुचित लाभ लिने उद्देश्यले घुस दिने वा दिन सहयोग गर्ने व्यक्ति पनि कसुरको दायरामा पर्ने व्यवस्था छ। सोही कानुनी आधारमा सिंघानियालाई घुस दिने कार्यमा संलग्न रहेको आरोपमा मतियारका रूपमा समेत जिम्मेवार बनाइएको हो।अख्तियारको अनुसन्धानअनुसार खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले विदेशबाट खाद्यान्न आयात गर्ने अनुमति पत्र जारी गर्ने क्रममा नेचर इन्टरनेसनलसहित ५३ जना व्यवसायीबाट कुल २८ लाख २० हजार रुपैयाँ घुस रकम असुलेका थिए।

घुस रकम संकलन गर्न अधिकारीले आफ्ना ७६ वर्षीय ससुरा वसन्तकुमार बस्यालको बैंक खाता प्रयोग गरेको र उक्त खाताको एटीएम आफैँले चलाउने गरेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ। त्यस्तै, उनका साथीहरू रश्मिला श्रेष्ठ र सुरेश चौधरीका बैंक खातासमेत घुस रकम संकलनका लागि प्रयोग भएको पाइएको छ।खाद्यान्न आयातको स्वीकृति लिन घुस नदिएसम्म काम नहुने अवस्था सिर्जना भएपछि पीडित व्यवसायीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। त्यसपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा अधिकारीले विभिन्न व्यवसायीसँग घुस रकम लिएको र त्यसका लागि आफन्त तथा साथीहरूको बैंक खाता प्रयोग गरेको तथ्य फेला परेको अख्तियारको दाबी छ।घुस लिने अधिकारीसँगै व्यावसायिक स्वार्थका लागि घुस रकम दिने व्यवसायीसमेत भ्रष्टाचारसम्बन्धी कानुनी कारबाहीको दायरामा आउने भएकाले सिंघानियामाथि पनि अनुसन्धान तथा अभियोजनको प्रक्रिया अघि बढाइएको हो।
तस्बिर: एआईको सहयोगबाट

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर