Lucky-Khabar_

पर्साको धोबीनीमा रास्वपाको ‘हामी आउँदै छौँ’ कार्यक्रम भव्य रूपमा सम्पन्न

पर्सा, २३ असोज ।पर्साको धोबीनी गाउँपालिका–४, लंगडीस्थित पर्सा रिसोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘हामी आउँदै छौँ’ कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।
धोबीनी गाउँपालिका सभापति सुदिल पटेल र उपसभापति राजु पटेलको संयुक्त सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रास्वपाका केन्द्रीय प्रतिनिधिद्वय माननीय प्रमोद कुमार महतो र माननीय अमर कान्त चौधरी प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा रास्वपाका जिल्ला प्रतिनिधि, क्षेत्रीय सभापति, पालिका तथा वडा समितिका पदाधिकारी, स्थानीय नेता, कार्यकर्ता तथा पार्टीप्रति आस्था राख्ने ‘घण्टी मित्र’हरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा पार्टीको संगठन विस्तार, स्थानीय तहमा जनसम्पर्क वृद्धि तथा आगामी राजनीतिक रणनीति र गतिविधिबारे घनीभूत छलफल गरिएको थियो।
रास्वपाका युवा नेता तथा धोबीनी गाउँपालिका–२ का वडा सभापति चन्दरिका पटेलका अनुसार कार्यक्रममा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रसहित स्थानीय नेताहरू सुरेश प्रसाद कुर्मी, सन्तोष पटेल, निरज पटेल, ललन पटेल, कालिकामाईका जोगिन्द्र चौरसिया, राजनिश कुशवाहा, लालबाबु राउत बरैइलगायत अन्य अगुवा नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
‘हामी आउँदै छौँ’ अभियानमार्फत रास्वपाले स्थानीय तहमा सांगठनिक संरचनालाई थप सक्रिय र मजबुत बनाउने, नेता तथा कार्यकर्ताबीच आपसी समन्वय बढाउने र सर्वसाधारणसँग प्रत्यक्ष संवाद एवं सम्पर्क विस्तार गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा पार्टीका गतिविधिलाई गाउँपालिकाका प्रत्येक वडासम्म पुर्‍याउँदै संगठनलाई थप व्यवस्थित र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस कार्यक्रमले धोबीनी गाउँपालिकामा रास्वपाको सांगठनिक गतिविधिलाई थप गति दिनुका साथै स्थानीय स्तरमा पार्टीको उपस्थितिलाई बलियो बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर