Lucky-Khabar_

क्यानेडियन वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएको भन्दै ट्रम्पविरुद्ध मुद्दा दायर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाली वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएको निर्णयविरुद्ध अमेरिकी खाद्य आयातकर्ता कम्पनी गेलर्ट ग्लोबल ग्रुपले मुद्दा दायर गरेको छ।

content ad p2

न्यु जर्सीस्थित कम्पनीले अक्टोबर २० मा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतमा मुद्दा दायर गर्दै सन् १९३० को व्यापार कानुन प्रयोग गरेर शुल्क बढाउनु गैरकानुनी भएको दाबी गरेको छ।

कम्पनीले ब्री, क्यामेम्बर्ट र बाख्राको दूधबाट बनेका क्यानडाली चिज आयातमा नयाँ शुल्कका कारण सेप्टेम्बर १६ देखि अक्टोबर ११ सम्म २२ खेपमा कम्तीमा ५ लाख २० हजार ५३८ अमेरिकी डलर भन्सार शुल्क तिरेको जनाएको छ। यसबाट वार्षिक करिब ४ करोड डलर अतिरिक्त खर्च हुन सक्ने उसको अनुमान छ।

कम्पनीले शुल्क असंवैधानिक घोषणा गरी यसको असुली रोक्न र तिरेको रकम फिर्ता गर्न अदालतसँग माग गरेको छ। मुद्दामा अदालतको अन्तिम फैसला भने आइसकेको छैन।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर