Lucky-Khabar_

रास्वपा रोजाइमा ,पदको लोभ कि सुध्रिएको राजनीति ,न्या र पुरानो मेयरको आकांक्षी

वीरगञ्ज । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेसँगै आगामी स्थानीय तह निर्वाचनमा वीरगञ्जको मेयरको उम्मेदवार को बन्ने भन्ने चर्चा चुलिएको छ।

content ad p2

सरावगी रास्वपाबाट मेयरको उम्मेदवार बन्न सक्ने चर्चा भइरहेका बेला पार्टीमा आबद्ध नयाँ पुस्ताका आकांक्षी रास्वपाका नेताहरु युवा नेता सुधिर पटेल,परवेज अख्तर,तेज प्रताप जबरा र किशोर यादव  देखिएका छन्। यसले पार्टीभित्र पुराना राजनीतिक दलबाट आएका नेता र नयाँ अनुहारबीच उम्मेदवारीको प्रतिस्पर्धा हुन सक्ने बहस बढाएको छ।

यसैबीच, पोखरिया नगरपालिकाको मेयरको उम्मेदवार बन्ने अपेक्षासहित निजामोद्दिन समानी रासपामा प्रवेश गरेका छन्। प्रचण्ड नेतृत्वको पार्टीमा लामो समय आबद्ध रहेका प्रभावकर गुप्ता पनि रासपामा प्रवेश गरेका छन्।रास्वपा भित्र पुराना दलका नेताहरूलाई उम्मेदवार बनाउन नहुने र विगतको राजनीतिक आबद्धताका आधारमा अवसरबाट वञ्चित गर्न नहुने दुईथरी धारणा देखिएका छन्।

निर्वाचन नजिकिँदै जाँदा अन्य दलका नेता तथा जनप्रतिनिधिहरू पनि रासपाबाट उम्मेदवार बन्ने सम्भावना खोजिरहेको चर्चा छ। यद्यपि, उनीहरूको पार्टी प्रवेश र उम्मेदवारीबारे औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन।रास्वपाले नयाँ राजनीतिक संस्कार, सुशासन र जवाफदेहितालाई प्राथमिकता दिने हो भने उम्मेदवार छनोटमा स्पष्ट र निष्पक्ष मापदण्ड लागू गर्नुपर्ने देखिन्छ। पार्टी प्रवेश गर्ने नेताहरूको विगतको कार्यसम्पादन, सार्वजनिक प्रतिबद्धता र जनताप्रतिको जवाफदेहिताका आधारमा उनीहरूको मूल्याङ्कन हुनुपर्ने बहससमेत उठेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर