बिरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का सांसद सुशील कु. कानुले आफ्नो क्षेत्रको भेटघाट कार्यक्रमअन्तर्गत आज पर्सागढी नगरपालिका–९ स्थित एकटाङ्गा टोलमा स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ।

भेटघाटका क्रममा सांसद कानुले स्थानीयवासीका समस्या, गुनासा तथा राय–सुझाव सुन्नुभएको थियो। सो अवसरमा स्थानीय जनताले आफ्ना क्षेत्रका विभिन्न समस्या तथा सरोकारका विषय प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्देश्य स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिनु रहेको छ। स्थानीयस्तरमा देखिएका समस्याबारे जानकारी प्राप्त गरी जनताका सरोकारका विषयलाई सम्बन्धित निकायसम्म पुर्याउन यस्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सांसद कानुको क्षेत्रीय भेटघाट कार्यक्रमअन्तर्गत स्थानीयवासीसँगको संवादलाई निरन्तरता दिइएको जनाइएको छ।


