Lucky-Khabar_

आँधी कहाँसम्म आइपुग्यो, तुफान कति टाढा छ?’ भन्दै प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढाल्न आन्दोलन गर्ने भनी दिएको अभिव्यक्तिमाथि व्यङ्ग्य गरेका छन्।

content ad p2

दसैँ–तिहारपछि आँधी, बेरी र तुफान ल्याएर वर्तमान सरकार ढाल्ने तथा लाखौँ मानिसलाई सडकमा उतार्ने प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै शाहीले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

दसैँको टीका सकिँदासमेत आन्दोलनको कुनै संकेत नदेखिएको टिप्पणी गर्दै शाहीले प्रश्न गरेका छन्, “दसैँको टीका सकिएको पनि एक दिन भइसक्यो। अब एक–दुई दिन मात्रै बाँकी छ। त्यसैले कमरेड, आँधी कहाँसम्म आइपुग्यो? तुफान कति टाढा छ? बेरी चल्न थाल्यो कि फेरि जङ्गलमै हराउने हो?”

प्रचण्डले केही समयअघि दसैँ–तिहारपछि आन्दोलनको आँधीबेरी ल्याएर वर्तमान सरकार ढाल्ने र सात लाख मानिसलाई सडकमा उतार्ने चेतावनी दिएका थिए। सोही अभिव्यक्तिलाई स्मरण गराउँदै शाहीले आन्दोलनको तयारी र त्यसको सम्भावनाबारे व्यङ्ग्य गरेका हुन्।

शाहीले सरकार परिवर्तनको खेलमा लाग्नुभन्दा वर्तमान सरकारलाई जनताप्रति उत्तरदायी बनाउन राजनीतिक दलहरूले खबरदारी गर्नुपर्नेमा जोड दिएका छन्। सरकारका कामकारबाहीमाथि निगरानी राख्दै जनताको हितमा काम गर्न दबाब दिनु राजनीतिक दलहरूको जिम्मेवारी भएको उनको भनाइ छ।

 

उनले सरकारका कामको मूल्याङ्कन गर्दै राम्रा कामलाई समर्थन र प्रोत्साहन गर्न तथा गलत काम भएमा खबरदारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

“सरकारले राम्रो काम गर्छ भने समर्थन र प्रोत्साहन गरौँ, काम गर्दैन भने खबरदारी र सचेत गराऔँ,” शाहीले सामाजिक सञ्जालमा लेखेका छन्।

बारम्बार सरकार परिवर्तन गर्ने राजनीतिक गतिविधिभन्दा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने काम महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शाहीले राजनीतिक दलहरूले सत्ताकेन्द्रित गतिविधिभन्दा रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएका छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर