Lucky-Khabar_

साँझ ५ बजेदेखि बिरगंजमा कर्फ्यु आदेश जारी

७ फागुन,वीरगञ्ज ।। बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो ।

content ad p2

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै बिरगंजमा कफ्र्यू आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको बताए ।

प्रशासनका अनुसार पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कफ्र्यू आदेश जारी भएको हो ।
कफ्र्यू आदेश जारी गरेको ठाउँमा ह्ड्डिुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायतका उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको प्र  जिअ भुसालले जनाए ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर