
प्रतिनिधि सभाबाट पास भएर गएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको २वटा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।
२७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक २४ माघ २०८० मा पास भएर राष्ट्रिय सभामा गएको थियो । राष्ट्रिय सभाले स्वीकार गरेसँगै यो विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको हो ।
अब राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधि सभामा जान्छ । राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधि सभाबाट स्वीकार भएको खण्डमा सभामुखबाट प्रमाणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुन्छ| ।



