१८ फागुन,वीरगञ्ज । मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्नेभट्टराईसहित चारजना दोषी ठहर भएका छन्।

अर्याल र टराईसँगै वी.म.न.पा.–२ बस्ने ज्यायुल हक र एसानुल हक राकी पनि दोषी ठहर भएका हुन्। कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाइदा लिइ नेपाल सरकारलाई हानी पुरयाएको भन्दै ज्यायुल र एसानुल तथा दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चारै जनालाई बुधबार दोषी ठहर गरेको हो। अख्तियारले गत वैशाख १९ गते विशेषमा मुद्दा दायर गराएको थियो।
साविक अलौ गाविस वडा नम्बर ५ पर्सा को कित्ता नम्बर ९२ को ऐलानी÷सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएर ऐलानी जग्गा कानुनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानुनी कार्यबाट सरकारलाई हानी पुरयाएको अभियोगमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।


