२३ फागुन,काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।


माओवादीबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलले पर्यटन मन्त्रीको शपथ लिएका छन् । त्यस्तै, नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिएका छन् ।

त्यसतै रास्वपा तर्फबाट सभापति रवि लामिछाने उप्रधानसहित गृहमन्त्री,सुमुना श्रेष्ठ शिक्षामन्त्रीमा ,विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद र डोल प्र.अर्याल श्रम मन्त्रिमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।
उनीहरुले आजै कार्यभार पनि सम्हाल्नेछन् ।


