Lucky-Khabar_

प्रचण्ड नेतृत्वको सरकार नवनियुक्त मन्त्रीहरुले लिए आज शपथ

२३ फागुन,काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको  शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

content ad p2

 नेकपा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा सचिव रघुवीर महासेठसहित ८ जना  छन् । कानून, न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी, खानेपनी मन्त्रीमा राजेन्द्र राई, उद्योग मन्त्रीका रुपमा दामोदर भण्डारी, कृषि मन्त्रीमा ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रुपमा बलराम अधिकारीले शपथ लिएका छन् ।

माओवादीबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलले पर्यटन मन्त्रीको शपथ लिएका छन् । त्यस्तै, नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिएका छन् ।

त्यसतै रास्वपा  तर्फबाट सभापति रवि लामिछाने उप्रधानसहित गृहमन्त्री,सुमुना श्रेष्ठ शिक्षामन्त्रीमा ,विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद र डोल प्र.अर्याल श्रम मन्त्रिमा   पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उनीहरुले आजै कार्यभार पनि सम्हाल्नेछन् ।Open photo

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर