Lucky-Khabar_

१२ वर्षीय बालकको गाडिएको शवसमसानघाटबाट प्रहरीले निकाल्यो, आमाबुबा पक्राउ

२५ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले    वीरगन्जको सिर्सिया नदि छेउको समसानघाटमा गाडिएको १२ बर्सिय  बालकको शव निकालेको  छ ।

content ad p2

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका शम्भु महतो धानुकका छोरा १२ बर्षिय दीलिप मण्डल धानुकको गाडिएको शव निकालेको हो ।शव गाडिएको सूचना आएपछि पर्सा प्रहरीको टोलीले शंकास्पद लागेर शव निकालेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

उनका अनुसार प्रहरीलाइ आएको सूचना अनुसार पच्छयाँउदै जाँदा शव निकालिएको हो । खाल्डोबाट निकालिएको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी प्रवक्ता जानकारी दिए ।मृत्युबारे अभिभावकले कसैलाई जानकारी नगराई एकाएक समसानघाटमा लगेर दिलिपको शव गाडेको खबर प्रहरीलाई आएको थियो ।

यही जानकारीबमोजिम पर्सा प्रहरीको टोली र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बालकको शव अन्दाजी दुई फिट गहिरो खाल्डोबाट गाडिएको अवस्थामा निकालेको हो ।प्रहरी प्रारम्भिक अनुसन्धानमा बालकको शरीरमा कुनै किसिमको चोटपटक नदेखिएको पाइएको प्रहरी बताउँछ ।

शंकास्पद ढंगले छोराको शव गाडन लागेपछि अनुसन्धानका लागि प्रहरीले उनका बुवा र आमालाई नियन्त्रणमा लिएको जनाएको छ ।पर्सा प्रहरीले दीलिपका बुवा शम्भु र आमा सबिता देबीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

अहिलेसम्म मृत्युको कारण यथेष्ट प्रमाण फेला नपरेको पर्सा प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर