Lucky-Khabar_

तिन प्रदेशका नवनियुक्त प्रमुखले शपथ लिए

३० फागुन, काठमाडौं ।  तीन प्रदेशका नव नियुक्त  प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

content ad p2

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख  मधेशप्रदेशमा  सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुख सिफारिस गरेको थियो |

मन्त्रिपरिषदको सिफारिस अनुसार उनीहरुलाई बुधबार प्रदेश प्रमुखमा राष्ट्रपति रामचन्द्र पौडेलले  नियुक्त गरेका छन् ।

उनीहरुले बुधबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई बुधबार नै पदमुक्त गरेका थिए ।

प्रधानमन्त्री  प्रचण्डले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग  गठबन्धन बनाएर  पछिलो समय  नियुक्त भएका कांग्रेस निकट प्रदेश प्रमुखहरुलाई  हटाएर एमाले निकटका व्यक्तिहरुलाई  प्रदेश प्रमुख नियुक्त गराएका हुन् ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर