Lucky-Khabar_

बिहे रद्द गर्ने बेहुलासहित ६ जना पक्राउसुनको सिक्री नपाएको निहुँमा

२९ फागुन,वीरगञ्ज ।  विवाह नै रद्द गर्ने बेहुलासहित ६ जनालाई पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नदिएको निहुँमा पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गएराती विवाहको मण्डपमा वैवाहिक कार्यक्रम चलिरहकै समयमा सुनको सिक्री नपाएको निहुँमा बिहे रद्द भएको घोषणा गर्ने बेहुलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

content ad p2

पक्राउ पर्नेमा दुलाहा    बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा चोकका उमेश साह, दुलाहाका बुवा बच्चालाल साह, दाजुहरु राकेश साह र मुकेश साह, भिनाजु आनन्द साहससहित ६ जना रहेका प्रहरीले जनाएको छ ।

दाइँजोमा सुनको सिक्री नपाएपछि उमेश र वीरगन्ज २४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको विहे नै भाँडिएको छ । विहे चल्दै गर्दा बेहुला र बेहुली पक्षबिच विवाद भएको खबर आएपछि बेहुला पक्षका ६ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरक्षिक धर्मजंग थिङले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको उहाँको भनाइ छ ।

यसैबिच पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले केटी पक्ष जाहेरी लिएर नआएको बताउनुभयो । उहाँले केटी पक्षको जाहेरीपछि सोही बमोजिम अनुसन्धान अघि बढ्ने जानकारी दिनुभयो ।

दुलाहा उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत छन् । भने रमिता वीरगन्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर