Lucky-Khabar_

शिव मनी ट्रान्सफर रौतहटका सञ्चालकमाथि गोली प्रहार गर्ने तीन जना पक्राउ

 

२ रौतहट,परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरका मालिक  २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गर्ने तीन जनाला ई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले भारत विहार पूर्वी चम्पारण मोतिहारीका मुनिफ कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको रौतहट प्रहरी जनाएको छ |

content ad p2

उनले घटना भएको केही मिनेटभित्रै तीनै जनालाई पक्राउ गरिएको जनाए । उनले भने,‘घटना हुन साथ प्रहरीलाई खबर आयो, हाम्रो टोली घटनास्थलमा पुग्यो । यता सबै सीमानाकामा कडाइ गरियो, त्यसपछि बोर्डरबाट घेरा हालेर तीनै जनालाई नियन्त्रणमा लिइयो ।’

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहतमा राखी घटनाबारे थप अनुसनधान प्रक्रिया अगाडि बढाइएको रौतहट प्रहरीले जनाएको छ ।
रौतहटका एस.पी. श्रेष्ठले भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको बताए । एसपी श्रेष्ठले घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद भएको जनाए ।

कन्चटमा गोली लागेका साहलाई थप उपचारको लागि वीरगञ्जको न्यूरो अस्पतालमा लगिएको छ भनि  जनाएको छ  । लुटेराहरू भारतीय नम्बर  अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर