Lucky-Khabar_

पर्सा प्रहरीमा बिचौलियालाई निषेध : एसपी ढुंगेल

७ चैत,वीरगञ्ज । पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेलले आफ्नो कार्यकालमा बिचौलियालाई प्रवेश निषेध गर्ने बताएका छन् ।पर्सामा एस पी को रुपमा कार्यभार सम्हालेका करिब एक महिनापछाडि पत्रकार सम्मेलन गर्दै एसपी ढुंगेलले आफ्नो कार्यकाल भरि बिचौलिया प्रवेश निषेध गर्ने सुनाए ।

content ad p2

उनले भने,‘बिचौलियले आ–आफ्नो फाइदा अनुसार सिफारिस गरेका हुन्छन्, त्यसकारण उनीहरुको प्रवेशमा कडाइ गरिएको छ । यही कडाइबाट बिचौलियालाई प्रवेशमा रोक लगाइएको छ ।’उनका अनुसार त्यसका लागि अहिले जिल्लामा प्रवेश गर्दा सबै डिटेल लेखेर मात्र प्रवेशको अनुमति दिइएको छ ।Open photo

उनी भन्छन्,‘यसबाट एउटै व्यक्ति कति पटक आयो, कस्ता खाले मुद्दामा आयो ?को–कसको सिफारिसमा आयो ? त्यो सबै विवरण लेखिएको हुन्छ, जसबाट छुटयाउन सजिलो हुन्छ । यहाँबाट धेरै पटक आउनेहरुको पहिचान भइसकेपछि त्यही बमोजिम कारबाही हुन्छ ।’

सर्वसाधारणको समस्याको सुनुवाइ भने अर्को दोस्रो व्यक्ति नआउँदा पनि उसको सुनुवाइ हुने एसपी ढुंगेलको भनाइ छ । त्यसका लागि गुनासो सुन्ने एउटा अधिकार नै राख्ने उनले बताए ।
उनी भन्छन्,‘बिना चप्पलको कोही आउनु भयो भने पहिला उहाँको गुनासो सुनिन्छ, तर कोही सिफारिस गराएर आउनु भयो वा कसैलाई लिएर आउनु भयो त्यसमा त्यही अनुसारको सुनुवाइ हुन्छ ।Open photo त्यसकारण बिना बिचौलिया सेवा लिन

आउन सबैमा आग्रह छ ।’ शान्ति सुरक्षाको पाटोमा कुनै कसर बाँकी नराख्ने एसपी ढुंगेलको दाबी छ ।ऐन, कानुन भन्दा १  इन्च पनि तल झरेर काम नगर्ने आफ्नो रणनीति रहेको उनको भनाइ छ ।

साथै इन्टिलिजेन्सबाहेक अरु कुनै प्रहरी घुमुवा नराख्ने एसपी ढुंगेलको दाबी छ ।

सम्बन्धित खबर

माग सम्बोधन नभए आइतबारदेखि आमरण अनसनको चेतावनी

Akleshsaran Patel

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष यादवसहित ८ जना पक्राउ

लक्की खबर