Lucky-Khabar_

मन्त्रीहरुले नै बुझे मधेश प्रदेश सरकारबाट सुराकी खर्चको रकम

८ चैत,वीरगञ्ज ।मन्त्रीहरुले नै बुझेपछी  मधेश प्रदेश सरकारबाट सुराकीको नाममा धेरै पैसा खर्च भएपछि सुराकी खर्चको कटौतीको निर्णय भएको को छ ।

content ad p2

मधेश प्रदेशका नवनियुक्त गृह, सञ्चार तथा कानुन मन्त्री सरोजकुमार यादवले मन्त्रीको पदभार ग्रहण गरे लगत्तै सुराकी खर्च नलिने निर्णय गरेका हुन ।उनले सुराकी खर्च नलिने र त्यो कार्यविधि नै खारेज गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेका मधेश प्रदेश सरकारले जनाएको छ ।सुराकीको नाममा मधेशबाट १ करोड ४२ लाख ८९ हजार ६६६ रुपैँया  खर्च भएको मन्त्रालयको रेकर्ड छ ।No description available.

कुन मन्त्रीले कति रकम बुझे ?

मधेश प्रदेश सरकारकोतर्फबाट पहिलो गृहमन्त्री ज्ञानेन्द्र कुमार यादवले सुराकी खर्चबापत सर्वाधिक रकम बुझेका छन् ।  सबैभन्दा कम सुराकी खर्च बुझ्नेमा पूर्व गृहमन्त्रीमा मो. समिमको नाम उल्लेख छ ।
मन्त्रालयका अनुसार ज्ञानेन्द्रले ५४ लाख बुझेका छन् । यसैगरी पूर्व गृहमन्त्रीहरु भरतप्रसाद साह २६ लाख ७० हजार, सत्रुधनप्रसाद सिंह ३ लाख रकम बुझेका छन् । सबैभन्दा कम मो. समिम १ लाख २७ हजार ५०० रकम लिएको मन्त्रालयको उल्लेखमा  छ ।

तयसैगरी मधेश प्रदेशका मुख्यमन्त्री सर यादवले सुराकीको नाममा ३ लाख रकम बुझेका छन् भने  गृह राज्यमन्त्रीहरु सरोजकुमार सिंहले ३ लाख र रुवीकुमार कर्णले १७ लाख ८६ हजार ६६६ रकम लिएका छन् ।No description available.

गृह सचिव जगदीश रेग्मी ४ लाख २० हजार १७५, कृष्णहरि पुष्कर ६ लाख २० हजार, विरेन्द्रकुमार यादव ६ लाख, रामकुमार महतो ११ लाख ५० हजार र उमेशकुमार ढकालले १ लाख रुपैँया बुझेका छन् भने  मन्त्रालयले जनायो ।
यता निमित्त गृह सचिवहरु अर्जुनकुमार शर्मा २ लाख ९ हजार २८५, अरुणकुमार झा १ लाख ५० हजार, देवकुमार झा ९० हजार र उत्तमप्रसाद खरेलले ४२ हजार ५०० रुपैँया सुराकीको नाममा बुझेको उल्लेखामा छ ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष यादवसहित ८ जना पक्राउ

लक्की खबर